मंगलबार, भदौ ९, २०८३

प्रदेश सभामा मर्यादित भएर बोलौं : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा मर्यादित भएर बोल्न आग्रह गरेका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा मर्यादित भएर बोल्न आग्रह गरेका छन्।

प्रदेशसभा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत हुन थालेको भन्दै मुख्यमन्त्री राईले प्रदेशसभाको गरिमालाई ख्याल गरी आफ्ना कुरा राख्न आग्रह गरे।

उनले बुधबार प्रदेश संसदमा भने, ‘संसदमा बोल्दा चिप्लियो भने सकियो ।’ प्रदेश सभाको बजेट अधिवेशनको बुधबारको बैठकमा मुख्यमन्त्री राईले हावादारी, उट्पट्याङ भन्दा विषयमा केन्द्रित भएर छलफल गर्न आग्रह गरे ।

संसद बैठकमा सही कुरा राख्दा कोही नरिसाउने राईले बताए।

दाताको सहयोगमा कोरोनाको उपचार

मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले काम गरिरहेको बताए। उनका अनुसार कोरोना भाइरसको रोकथाम र उपचार दाताको सहयोगको भरमा चलिरहेको छ।

होल्डिङ एरिया निर्माणको अवधारणा

भारतबाट नेपाली स्वदेश फर्कने क्रमसँग होल्डिङ एरिया निर्माण अवधारणा ल्याइएको उनको भनाइ छ। प्रदेश १ मा भारतबाट १५ हजार र तेस्रो मुलुकबाट २ हजार ९४ जना फर्किएको जानकारी उनले संसदलाई गराए ।

प्रदेशको नाम छिट्टै

मुख्यमन्त्री राईले प्रदेशको नामकरण छिट्टै हुने बताए। नामकरणका विषयमा धेरै कुरा उठिसकेको उनले बताए। उनले भने, ‘नाम छिट्टै हुन्छ, नामकरणमा प्रदेश सरकारले सहजीकरण गर्नेछ।’

 

प्रकाशित: Jul 01, 2020| 16:34 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।