शुक्रबार, फागुन २९, २०८२

विवाहमा सहभागी १११ मा कोराना संक्रमण, बेहुलाको मृत्यु

भारतमा ८ जुनपछि विवाहमा ५० जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको थियो। तर, ५० जनाको यो नियमले पालना गरिएको छैन भने आपसी दूरीको सामान्य नियम पनि पालना भएको छैन।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

भारतमा लकडाउनमा छुट दिइएसँगै विवाह, भोजजस्ता कार्यक्रम निर्बाध सञ्चालन हुन थालेका छन्। सावधानी नअपनाई भीडभाड गर्दा यसका दुष्परिणाम पनि देखिएका छन्।

National life

भारतमा ८ जुनपछि विवाहमा ५० जनासम्म सहभागी हुन पाउने व्यवस्था गरिएको थियो। तर, ५० जनाको यो नियमले पालना गरिएको छैन भने आपसी दूरीको सामान्य नियम पनि पालना भएको छैन।

बीबीसी हिन्दीका अनुसार पटनाको पालिगन्जमा भएको एउटा विवाहमा सहभागी १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बेहुलाको दुई दिनपछि मृत्यु भएको छ।

संक्रमित सबै विवाह भएको बस्तीका र विवाहमा सहभागी भएका थिए।

सबै संक्रमितलाई अहिले आइसोलेसन सेन्टरमा पठाइएको छ। संक्रमितमध्येका एकले आफू विवाहमा नगएको तर, उक्त विवाहमा सहभागीमध्ये केहीसँग उठबस भएको बताएका छन्।

Laxmi sunrise bank
kumari

विवाह समारोहका भान्से, फोटोग्राफर र बस्तीका किराना पसले र तरकारी विक्रेता सबै संक्रमणको सिकार भएका छन्। बस्तीमा थप अरुको कोरोना परीक्षण हुन बाँकी रहेकाले संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

असार १ मा भएको विवाहका बेहुलाको ३ असारमा मृत्यु भएको हो। बेहुलाका बाबु र परिवारका अन्य सदस्यमा पनि संक्रमण पाइएको छ।

विवाह समारोहबाट कोरोना फैलिएको पुष्टि भए पनि बेहुलामा भने संक्रमण भएको–नभएको पुष्टि हुन सकेको छैन।

पटनाको स्थानीय पत्रिकाका अनुसार बेहुलाको पेट दुख्न थालेपछि उनलाई अस्पताल लगिएको थियो र अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

बेहुलाका बाबुका अनुसार अस्पतालले कोरोना जाँचबारेको रिपोर्ट अहिलेसम्म नदिएको बताएका छन्।

बेहुला गुडागांवमा इन्जिनिएर रहेको र पटना आउनुअघि गराइएको जाँचमा उनमा संक्रमण नरहेको बताइएको छ।
अहिले उक्त बस्ती सिल गरिएको छ भने कन्ट्याक्ट ट्रेसिङ र परीक्षण जारी छ।

प्रकाशित: Jul 01, 2020| 12:41 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।