मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेट कारोबार रोकियो

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेट कारोबार रोकियो

आज कारोबार सुरु भएको १३ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको नेप्सेमा फेरि ब्रेक लागेको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

आज कारोबार सुरु भएको १३ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको नेप्सेमा फेरि ब्रेक लागेको छ।

११ बजेर १३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको नेप्सेमा ११ बजेर ३३ मिनेटमा बजार खुलेको २ मिनेटमा नै अर्को पोजेटिभ सर्किट लागेको छ।

११ बजेर ३६ मिनेट जाँदा नेप्से परिसूचक थप १ प्रतिशत अथात् कुल ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको छ।

हिजो मंगलबार पनि नेप्सेमा ३ पटक पोजेटिभ सर्किट ब्रेक लागेको थियो। डेढ महिनापछि अस्ति सोमबार खुलेको बजारमा सुरुमा नेगेटिभ सर्किट ब्रेक लागे पनि अन्त्यमा सुधार देखिएको थियो।

प्रकाशित: Jul 01, 2020| 11:59 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्