मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकमा गाभियो गण्डकी विकास बैंक, २१ असारदेखि एकीकृत कारोबार

मेगा बैंकमा गाभियो गण्डकी विकास बैंक, २१ असारदेखि एकीकृत कारोबार

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक मेगा बैंक नेपाल लिमिटेडमा गाभिएको छ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं– पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक मेगा बैंक नेपाल लिमिटेडमा गाभिएको छ।

मेगाले गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि २१ असारदेखि मेगा बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो।

जेठ २१ मा मेगा बैंकले विशेष साधारण सभा गर्दै गण्डकीलाई प्राप्ति गर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई १० असारमा नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो।

डाटा माइग्रेसन गर्नुपर्ने हुँदा १९ गते शुक्रबार र २० गते शनिबारको दिन सम्पूर्ण बैंकिङ कारोबार बन्द गरिने मेगा बैंकले जनाएको छ।

अर्को व्यवस्था नहुँदासम्मको लागि साबिक गण्डकी विकास बैंकका चेक तथा एटीएम भने चल्नेछन्।

प्रकाशित: Jul 01, 2020| 10:51 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्