मंगलबार, भदौ ९, २०८३

चितवनका १३ सहित थप २५ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

भरतपुर- चितवनका थप १३ जनासहित २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (बुधबार) बिहान चितवनका १३ जनासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका १३ संक्रमितमध्ये भरतपुरका ११ जना र माडीका २ जना रहेका छन्। भरतपुर अस्पतालका अनुसार संक्रमितहरु भरतपुर महानगरपालिकाको वडा नंं ९, ४, २२, २५ र २६ नम्बर वडाका २१ देखि ४८ वर्ष उमेर समूहका ६ जना छन् भने नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भरतपुर महानगरपालिका–७ का ६१ वर्षीय पुरुष र १२ वर्षकी बालिका छिन् ।

यस्तै माडी नगरपालिकाका संक्रमितहरु ५ र ३ नम्बर वडाका २५ र ७३ वर्षका पुरुषमा रहेका छन् ।

त्यस्तै आज नै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाका २ महिलासहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेन्ट्रल हस्पिटलमा उपचाररत गोर्खाको मनकामना बस्ने ३० वर्षीया महिला र भरतपुर अस्पतालमा झापा दमक–३ बस्ने ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित: Jul 01, 2020| 09:08 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।