मंगलबार, भदौ ९, २०८३

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीले राजनीतिक छलफलको लागि मन्त्रीहरुलाई बोलाएको एक मन्त्रीले जानकारी दिए।

मंगलबारको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने १८ जना मध्ये १७ जनाले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। प्रधानमन्त्रीले मात्रै सरकारको प्रतिरक्षा गरेका थिए।

मन्त्रीद्वय घनश्याम भुसाल र योगेश भट्टराईले सरकार संकटमा पर्न थालेको आशय सहितको स्ट्याटस सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। दुवैले सकारात्मक परिणामको लागि सबै मिल्नुपर्ने बताएका छन्।

पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र चरम विवाद छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायत सचिवालयका अधिकांश सदस्यले ओलीले सरकार छोड्नुपर्ने बताउँदै आएका छन्।

सोमबार मात्रै मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रकाशित: Jul 01, 2020| 07:54 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।