मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमै बन्यो कोरोनाविरुद्धको खोप, केही हप्तापछि परीक्षण गरिने

भारतमै बन्यो कोरोनाविरुद्धको खोप, केही हप्तापछि परीक्षण गरिने

छिमेकी मलुक भारतमा पनि कारोना भाइरसविरुद्ध खोप बनेको छ। अबको केही हप्तमा मानिसमा समेत परीक्षण गरिने बीबीसीले लेखेकाे छ । 
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

अमेरिका, बेलायत, चीनलगायतका देशहरुले कोरोना विरुद्धको खोप बनाउने र परीक्षण गर्ने काम गरिराखेका बेला छिमेकी मलुक भारतमा पनि कारोना भाइरसविरुद्ध खोप बनेको छ।

हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो खोप सुरुमा जनावरमा परीक्षण गरिएको र नतिजा निकै राम्रो देखिएको निर्माता कम्पनीले दाबी गरेको छ। अबको केहि हप्तमा मानिसमा समेत परीक्षण गरिने बीबीसीले लेखेकाे छ । 

भारतमा आधा दर्जन औषधि कम्पनी कोरोनाविरुद्ध खोप बनाउन जुटेका छन्। तर मानिसमा परीक्षण गर्ने तहसम्म आइपुगेको यो नै पहिलो खोप भएको भारतीय विज्ञले बताएको बीबीसीमा उल्लेख छ ।

यो खोप मानिसमा परीक्षणका लागि नियामक संस्थाले अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।

अहिले कोरोनाविरुद्ध विश्वमा १२० भन्दा बढी खोप निर्माण भइरहेका छन्। यी खोप विभिन्न चरणमा परीक्षण भइरहे पनि आम प्रयोगका लागि प्रमाणित भने कुनै पनि भइसकेका छैनन्।

प्रकाशित: Jul 01, 2020| 07:32 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।