मंगलबार, भदौ ९, २०८३

दिक्तेल बजार अनिश्चितकाललाई बन्द

चार जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेपछि उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

चार जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेपछि उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ ।

सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर बुधबारदेखि सम्पूर्ण कारोवार बन्द गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न व्यापारीलाई आग्रह गरिएको सङ्घका महासचिव मनोजकुमार बजिमयले बताए । “अत्यावश्यक पर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा खुला गरिनेछ,” उनले भने, “अत्यावश्यकबाहेक बाँकी सबै प्रकारका पसल तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको हो ।”

जिल्लामा सञ्चालित औषधि पसल भने चौबीसै घण्टा खुला राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताए। औषधि पसलमा समेत सामाजिक दूरी कायम गरेरमात्र सेवा लिन र दिने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

यसैबीच, कोरोना सङ्क्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केहि क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्षीय युवक र साउदी अरबबाट आएका ३८ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अल्छेढुङ्गा हुँदै बेँसीटोल तथा नेर्पा जाने बाटोमा पर्ने डाँडागाउँदेखि सोल्माको साकेलाथानसम्मको दायाँबायाँ १०० मिटर क्षेत्र सिल गरिएको हो ।

अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि सिल गरिएको क्षेत्रमा प्रवेश गर्न तथा बाहिरिन पूर्णरुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए। साउदीमा पिसिआर परीक्षण गरेर आएका ३८ वर्षीय सङ्क्रमित पुरुष पाँच दिन दिक्तेलमा निर्माण गरिएको क्वारेन्टिन बसेर घर गएपछि गाउँका साथीभाइसँग घुलमेल भएका कारण उनको सम्पर्कमा आएका व्यक्तिको पिसिआर रिपोर्ट नआएसम्मका लागि उक्त क्षेत्र सिल गर्नुपरेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार जना उपचारपछि घर फर्किएका छन् भने, पाँच जनालाई उपचारमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए।

प्रकाशित: Jul 01, 2020| 06:32 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।