मंगलबार, भदौ ९, २०८३

सुर्खेतमा नार्कका कर्मचारीले खाए सलह

सुर्खेतस्थित कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरका कर्मचारीहरुले सलह पकाएर खाएका छन्। सलहको स्वाद थाहा पाउन केही कर्मचारीले पकाएर खाएको केन्द्रका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

सुर्खेतस्थित कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरका कर्मचारीहरुले सलह पकाएर खाएका छन्। सलहको स्वाद थाहा पाउन केही कर्मचारीले पकाएर खाएको केन्द्रका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।

‘विदेशीहरुले सलह खाने गर्छन्, हामीले पनि कस्तो हुन्छ टेस्ट गरौँ भनेर खाएको। झिङ्गे माछाजस्तै स्वादिष्ट हुँदो रहेछ,’ उनले भने।

सलहमा प्रोटिन भएका कारण खान योग्य हुने उनको तर्क छ। ‘सलहमा प्रोटिन पाइने भएका कारण स्वास्थ्यका हिसावले खान योग्य मानिन्छ। सलह खाँदा फरक पर्दैन तर मरेका र विषादी प्रयोग गरी मारिएका सलह भने खानु हुँदैन,’ उनले भने।

केही दिनअघि नेपाल प्रवेश गरेको सलह आजदेखि कर्णाली प्रदेशमा प्रवेश गरेको छ। आज सुर्खेतको दशरथपुर र सल्यानका शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिकाको विभिन्न स्थानमा सलह देखिएको कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए।

 

प्रकाशित: Jun 30, 2020| 21:19 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।