मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाममा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

अछाममा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका–५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ।

जेठ २७ गते भारतबाट गौरीफन्टा नाका हुँदै अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो।

जनस्वास्थ्य अधिकृत झनक राज ढुङ्गानाले मृतक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

गाउँकै कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका उनको पाँच दिनपछि उनको मृत्यु भएको थियो।

असार १३ गते राति अचानक श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याइएको थियो।

उनको शव दुई जना कुरुवाले गाउँकै खोला नजिक गाडेका थिए। शव गाड्न संलग्न भएकाको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित: Jun 30, 2020| 19:00 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।