दराज अनलाइइन र भुक्तानी सेवा प्रदायक ई–सेवाबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार दराज एपमा खरिद गरेको कुनै पनि सामानको लागि ई–सेवा मार्फत् भुक्तानी गर्न सकिने ई–सेवाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्झौतापछि नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने विज्ञप्तिमा उल्लेख छ। यसअनुसार दराजमा ई–सेवा वालेट प्रयोग गर्न ग्राहकले पहिले आफ्नो ई–सेवा खातालाई दराज एपसँग लिंक गर्नुपर्ने छ। लिंक भइसकेपछि ग्राहकले ओटिपीमार्फत् किनमेल गर्न सक्ने कम्पनीले जनाएको छ।
ई–सेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुने विज्ञप्तीमा उल्लेख छ। अनलाइन बजार दराजमार्फत् चार हजारभन्दा बढी विक्रेताहरूले किरानादेखि इलेक्ट्रोनिक्स सामानहरू बेच्छन्।
विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरूसहित नेपालका २४ भन्दा बढी शहरहरूमा वितरण गर्ने कम्पनीले जनाएको छ।