मंगलबार, भदौ ९, २०८३

६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गैरकानुनी सम्पत्ति आर्जन तथा घुस लिएको अभियोगमा अख्तियारले ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- गैरकानुनी सम्पत्ति आर्जन तथा घुस लिएको अभियोगमा अख्तियारले ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

१ करोड १६ लाखभन्दा बढी बिगो माग दाबी गर्दै अख्तियारले ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकामा नेपाल विद्युत प्राधिकरणका एक अवकाश प्राप्त फोरमेन पनि छन्। फोरमेन टहलबहादुर कार्कीले जागिर अवधिमा १ करोड ९ लाख ८७ हजार ६ सय ५८ रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०३९ मंसिर १६ देखि अवकाश भएको मिति २०७३ पुस १ सम्म २ करोड १२ लाख ४८ हजार ४७२ रुपैयाँ आर्जन गरेका छन् भने ३ करोड २२ लाख ३६ हजार १३० रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ।

यस आधारमा १ करोड ९ लाख ८७ हजार ६५८ रुपैयाँको स्रोत नखुलेकाले अख्तियारको ठहर छ।

यस्तै कोहलपुर नगरपालिका–२ बाँकेका कमल बहादुर शाहीविरुद्ध ४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।

शाहीले तत्कालीन डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रमुख डिभिजन वन अधिकृत भक्तबहादुर लामाविरुद्धको मुद्दामा सरकार पक्षका साक्षी शाहीले प्रतिकूल वकपत्र गरेको अख्तियारले जनाएको छ।

लामाले काठ र दाउराको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि ४ लाख घुस मागेको भन्दै शाहीले नै उजुरी दिएका थिए।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–६ का डोर बहादुर कार्कीविरुद्ध ६५ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

सिद्धार्थ मावि कुशुम्हाका प्रअ लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले राजा महात्मा पूर्णभद्र मावि बर्दघाट–९ पञ्चनगरमा सरुवा हुँदा सरुवा सहमति र रमानापत्र दिँदा कार्कीसँग ६५ हजार मागेको भन्दै कार्कीले नै उजुरी दिएका थिए।

पछि विशेष अदालतमा वकपत्र गर्दा कार्कीले अनुसन्धानका क्रममा गरेको सहयोग प्रतिकूल हुने गरी बकपत्र गरेको भन्दै अख्तियारले उल्टै उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

यस्तै २ लाख रुपैयाँ घुसाहित पक्राउ परेका डिभिजन वन कार्यालय, ताप्लेजुङका सहायक वन अधिकृतद्वय जीवन कुमार यादव र बीरेन्द्र प्रसाद साहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

जडिबुटी निकासी छुटपूर्जी दिए बापत सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो।

साथै ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरेविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

प्रकाशित: Jun 30, 2020| 18:34 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।