शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लुएचओको टोली चीन जाँदै

कोरोना भाइरसको स्रोत पत्ता लगाउन डब्लुएचओको टोली चीन जाँदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एउटा टोली चीन पठाउने भएको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको स्रोत पत्ता लगाउन एउटा टोली चीन पठाउने भएको छ।

National life

कोरोनाको उत्पत्ति कसरी र केबाट भयो भन्ने पत्ता लगाउन स्वास्थ्य विशेषज्ञहरुको टोली जुलाई पहिलो साता चीन जान लागेको हो।

डब्लुएचओले कोरोनाको स्रोत के हो पत्ता लगाउन आफ्ना विशेषज्ञलाई बोलाउन चीनलाई आग्रह गर्दै आएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले सोमबार एक भर्चुअल ब्रिफिङमा भने, 'हामीलाई भाइरसको बारेमा सबै कुरा थाहा भएपछि योसँग लड्न सजिलो हुन्छ। अर्को हप्ता हामी यसको लागि चीनमा टोली पठाउँदैछौं।'

कोरोना भाइरस जनावरबाट मानिसमा आएको बताइँदै आएको छ। चीनको वुहानस्थित मासु बजारबाट यो भाइरस सुरु भएको विश्वास गरिएको छ।
विश्वकै सबैजसो देशमा फैलिसकेको यो भाइरसबाट एक करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ५ लाखभन्दा बढीको ज्यान गइसकेको छ।

प्रकाशित: Jun 30, 2020| 08:19 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।