मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • 'कम विकसित मुलुकमा महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी'

'कम विकसित मुलुकमा महिला शसक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी'

कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ ।

पछाडि परेका महिलाहरुको सशक्तिकरणका लागि स्मार्ट फोन एउटा निकै प्रभावकारी साधन भएको अध्ययनको निष्कर्ष छ ।

म्याकगिल विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र बोकोनी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानबाट यस्तो निचोड निकालिएको हो ।

स्मार्ट फोनका कारण महिलाहरुमा बहुआयामिक विकास भएको र उनीहरुको अवस्थामा सुधार आएको अध्ययनले देखाएको छ ।

गरिबी न्युनिकरण, स्वास्थ्य सुधार र लैंगिक समानताका लागि पनि स्मार्ट फोनले सहयोग पुर्याएको अध्ययनकर्ताहरुले बताएका छन् ।

अध्ययनका क्रममा एक लाख महिलासँग अन्तरक्रिया गरिएको थियो । उनीहरु अङ्गोला, ब्रुरून्डी, इथियोपिया, मालावी, तान्जानिया, युगाण्डा र जिम्बाब्वेका रहेका छन् । अध्ययनकर्ताहरुले गत सन् १०१५ देखि २०१७ सम्म अध्ययन गरेका हुन् ।

स्मार्ट फोन प्रयोग नगर्ने भन्दा प्रयोग गर्ने महिलाहरु निर्णायक भूमिकामा हुने सम्भावना बढी पाइएको छ ।

अध्ययनकर्ताहरुका अनुसार स्मार्ट फोन प्रयोग गर्ने महिलाहरुले आफ्नो मोबाइल सेटको अभावमा पनि यसलाई चलाउने ज्ञान प्राप्त गर्ने गरेको र यसका कारण पुरूषहरूको तुलनामा उनीहरूमा प्रविधिको ज्ञान स्वभाविकरूपमा कमी रहेको जानकारी दिएका छन् ।
रासस

प्रकाशित: Jun 30, 2020| 07:40 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।