बुधबार, चैत ११, २०८२

डब्लुएचओ भन्छ– कोरोना महामारीको खराब स्वरुप त आउनै बाँकी छ

कैयौं देशमा पूरै स्वास्थ्य प्रणाली लागिपर्दा पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन। कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण विश्व अर्थव्यवस्था नै खराब अवस्थामा पुगेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघिसकेको छ। ५ महिनाअघि फैलिन थालेको यो भाइरसले ५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ।

National life

कैयौं देशमा पूरै स्वास्थ्य प्रणाली लागिपर्दा पनि यो महामारी नियन्त्रणमा आउन सकेको छैन। कोरोना महामारीका कारण लागू भएको लकडाउनका कारण विश्व अर्थव्यवस्था नै खराब अवस्थामा पुगेको छ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना महामारीको अझै खराब स्वरुप आउन बाँकी नै रहेको बताएको छ। डब्लुएचओका प्रमुख टेड्रोस एडहनाम गिब्रयेससले भनेका छन्, ‘विश्वभरका सरकारहरुले सही नीति पालना गरेनन् भने यो भाइरसले अझै धेरै मानिसलाई संक्रमित गराउन सक्छ।’

सोमबार आयोजित एक भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी सबै चाहन्छौं यो सबै सकियोस्। हामी आफ्नो नियमित दिनचर्यामा फर्किन पाऊँ। तर, तितो यथार्थ के हो भने यो महामारी सकिने समय निकै टाढा छ।’

केही देशमा कोरोना नियन्त्रणको प्रयास सफल देखिएको भए पनि विश्व स्तरमा महामारी फैलावटको गति तेज नै छ।

Laxmi sunrise bank
kumari

यस्तै अवस्था रहने हो भने १० करोड मानिस संक्रमित हुने र १० लाखको ज्यान जाने चेतावनी दिँदै डब्लुएचओले जर्मनी, दक्षिण कोरिया र जापानबाट सिकेर त्यही दिशामा चल्न आग्रह गरेको छ। लगातार टेस्टिङ र ट्रेसिङमा उसले जोड दिएको छ।

बीबीसी

प्रकाशित: Jun 30, 2020| 06:33 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्