मंगलबार, जेठ ५, २०८३

त्रिविबाट ५६ हजार ७ सय १३ विद्यार्थीले उपाधि लिँदै 

त्रिभुवन विश्वविद्यालबाट यस वर्ष ५६ हजार ७ सय १३ विद्यार्थीले उपाधि पाउने भएका छन्। 
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयबाट यस वर्ष ५६ हजार ७ सय १३ विद्यार्थीले उपाधि पाउने भएका छन्। 

National life

विश्वविद्यालयको ६१ औं वार्षिक दिवसमा आयोजित त्रिवि सभाले ५८ औं ग्रेस लिस्ट पारित गरेको हो। सभामा सहभागी अध्ययन संस्थान एवम् संकायका डिनले ५८ औं ग्रेस लिस्टमा समावेश विद्यार्थीलाई उपाधि प्रदान गर्न सभाको अनुमति होस भनी सभाका अध्यक्षसमक्ष प्रस्तुत गरेका थिए। 

ग्रेस लिस्टमा व्यवस्थापन संकायमा १९ हजार ३ सय ३०, शिक्षाशास्त्र संकायमा १४ हजार ८ सय १२ र मानविकी तथा सामाजिक शास्त्र संकायमा ९ हजार ६ सय १५ समावेश छन्।

यस्तै कानुन संकायमा १ हजार ९ सय १५, विज्ञान तथा प्रविधि अध्ययन संंस्थानमा ६ हजार १ सय २६ र इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ८ सय ४४ समावेश रहेको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ४ सय ५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३ सय ९७ र वनविज्ञान अध्ययन संस्थानमा २ सय २२ मावेश छन्।

सभालाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवम् शिक्षाविज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई प्रविधिसँग जोड्न त्रिभुवन विश्वविद्यालयले गरेको प्रयत्नलाई कार्यान्वयनमा लैजान सुझाव दिए।

उनले शिक्षाको परम्परागत शैलीमा आमूल परिवर्तन गरी घरलाई शिक्षा आर्जन गर्ने स्थानका रुपमा परिणत गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले भौतिक तथा शैक्षिक सुधारमा विश्वविद्यालय गतिशील रहेको बताए।

उनले त्रिविलाई विज्ञान प्रविधिमैत्री बनाउन माइक्रोसफ्ट कम्पनीसँग सम्झौता गरी त्रिविको मेन डोमेन बनाई सबै निकाय तथा क्याम्पसको आफ्नै सबडोमेन बनाएर ५ लाख शिक्षक, कर्मचारी तथा विद्यार्थीको इमेल बनाउने अभियानमा जुटेको बताए।

शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोभिड १९ को अत्यन्तै असहज परिस्थितिमा पनि त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवसलाई सम्पन्न गर्न सहभागी भएकामा सबैलाई धन्यवाद दिए।

सभाले त्रिविको कार्यकारी परिषदको रिक्त सदस्यमा कानुन संकायका डिन प्रा.डा. विजयसिंह सिजापति र शिक्षकहरुवाट प्रा.डा. प्रेम सागर चापागाईको नियुक्तिलाई समर्थन गरेको छ।

प्रकाशित: Jun 29, 2020| 17:22 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्