काठमाडौं– करिब डेढ महिनापछि खुलेको सेयर बजार १२.८७ अंक घटेर ११८८.७६ अंकमा रोकिएको छ।
सोमबार ३४ करोड ७७ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। आज १३० कम्पनीका ९ लाख ७० हजार सेयर किनबेच भए।
बजार खुलेको सुरुको एक घण्टा ४ प्रतिशतले घटेपछि २० मिनेट सर्किट ब्रेकर लागेको बजार खुलेपछि ५० अंकसम्म घटेको थियो।
आज नागरिक लगानी कोषका लगानीकर्ताले कमाएका छन्। हिमालयन डिस्टिलरी र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि सेयर मूल्य बढेको छ।
कोषको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ २५ अंकले घटेको छ। होटल २६.५, विकास बैंक ६३.६, जलविद्युत १३.३४ र निर्जीवन बीमा १०१.४६ अंकले घटेको छ।
करिब तीन महिनाको लकडाउन अवधिपछि बजार दुई दिन खुलेको थियो।
