सोमबार, फागुन १८, २०८२

नेपालमा पहिलो पटक निजी क्षेत्रको कार्गो रेलमार्फत ढुवानी

 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

पर्सा- नेपालमा पहिलो पटक निजी क्षेत्रको कार्गोमार्फत ढुवानी सुरु भएको छ। भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार वीरगन्‍ज आइपुगेपछि निजी क्षेत्रको ढुवानीको सुरुवात भएको हो।

नेपाल–भारत रेल सेवा सुरवातको १७ वर्षपछि पहिलोपटक नेपालमा निजी कार्गो रेल मालसमानसहित वीरगन्‍ज आइपुगेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए। 

हिन्द टर्मिनल प्रालिको एक र्‍याकको कार्गो रेल ९० वटा कन्टेनर बोकेर कोलकाताको हल्दिया पोर्टबाट सोमबार हिँडेको थियो। उक्त रेल बुधबार वीरगन्ज आएको हो। यसअघि भारतको सरकारी तथा संस्थानका रेल मात्रै नेपाल आउने गरेका थिए भने अब निजी क्षेत्रको रेल आएपछि यसले अझै नेपाली व्यापारीले सहुलियत हुने अध्यक्ष गुप्ताको भनाइ छ।


 असार २५ गते नेपाल–भारतबीच विद्यमान रेलसेवा सम्झौतामा संशोधनको लागि नेपाल-भारत एलओई (लेटर अफ एक्स्चेन्ज) सम्पन्‍न भएपछि निजी कार्गो रेल नेपाल ल्याउने बाटो खुलेको थियो।

kumari

 हल्दियबाट खाद्यान्‍नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगन्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। 

सन् २००४ मा भएको नेपाल–भारत रेलसेवा सम्झौता संशोधनको लागि नेपालले सन् २००९ देखि माग राख्दै आएको थियो। यो वर्ष सम्झौता संशोधनमा भारत सहमत भएपछि निजी क्षेत्रको कार्गो रेल नेपाल आएको हो। रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको हो। 




प्रकाशित: Sep 15, 2021| 20:21 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।