शनिबार, फागुन ३०, २०८२

श्रीलंकाले बनायो अन्डरवाटर म्युजियम

एजेन्सी– श्रीलंकाले अन्डरवाटर म्युजियम (पानीमुनि संग्रहालय) बनाएको छ। उसले गाल्ले सहरको दक्षिणी भेगमा जुन १७ तारिखबाट सञ्चालनमा आउने गरी म्युजियम सञ्चालनमा ल्याएको हो।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

एजेन्सी– श्रीलंकाले अन्डरवाटर म्युजियम (पानीमुनि संग्रहालय) बनाएको छ। उसले गाल्ले सहरको दक्षिणी भेगमा जुन १७ तारिखबाट सञ्चालनमा आउने गरी म्युजियम सञ्चालनमा ल्याएको हो।

National life

कोरोनाको महामारीपछि अगस्ट १ बाटै देशमा पर्यटन व्यवसायको गतिलाई तिव्रता दिन श्रीलंकाले यस्तो योजना ल्याएको हो। यो संग्रहालय जलसेनाले तयार गरेको हो। यो सतहबाट १५ मिटर (५० फिट) गहिरो छ।

जलसेनाका कमान्डर, भाइस एड्माइरल पाउल डि सिल्वाले पानीमुनी गएर रिवन काट्दै संग्रहालयको उद्घाटन गरे। उनले यो संग्रहालय डाइभ गर्नेको लागि राम्रो भएको पनि बताएका छन्।

‘अन्डरवाटर म्युजियम’मा राखिएका मूर्तिहरु जलसेनाले कंक्रिट र सिटलको प्रयोग गरेर बनाएका हुन्। यो संग्रहालयको उद्देश्य भनेको जलचर र माछाको प्रजननको प्रवद्र्धन गर्ने भनिएको छ।

गाल्ले श्रीलंकाको एक ऐतिहासिक सहरसमेत हो। यो श्रीलंकको धेरै पर्यटक भित्र्याउने सहर समेत हो।

Laxmi sunrise bank
kumari

गत वर्ष श्रीलंकामा २० लाख मानिसले भ्रमण गरेका थिए। त्यही वर्ष पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशत ओगटेको थियो।

प्रकाशित: Jun 28, 2020| 17:46 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।