शनिबार, फागुन ३०, २०८२

स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्रीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन्।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन्।

National life

यसअघि पनि पटक पटक स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै आएका प्रधानमन्त्री मोदीले आइतबार फेरी दोहोर्याएर स्वदेशी उत्पादन प्रयोगका लागि आग्रह गरेका हुन्।

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी देशभर भोकल फर लोकल अर्थात् स्थानीयलाई नै महत्व दिऔँ भन्ने अभियान चलाइएको पनि उनले बताए।

स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रयोग गर्ने प्रवृत्ति बढाउनासाथ राष्ट्रलाई बलियो बनाउन सजिलो हुने प्रधानमन्त्री मोदीको भनाइ छ ।

मासिक नियमित कार्यक्रम ‘मन की बात’को ६६ श्रृङ्खलामा बोल्ने क्रममा उनले भने, “यदि तपाईले स्थानीय उत्पादनलाई जोड दिनुभयो भने देश बलियो हुनेछ ।”

Laxmi sunrise bank
kumari

भारतीय नागरिकहरु स्थानीयको आवाज बन्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिए। “स्वदेशी तथा स्थानीय उत्पादन किन्ने र प्रयोग गर्नेहरुले देश बलियो बनाउन योगदान गरिरहेका हुन्छन्,” उनको भनाइ थियो ।

स्वदेशी उत्पादनलाई प्रयोग र प्रोत्साहन गर्नु आफैमा राष्ट्र सेवा भएको प्रधानमन्त्री मोदीको व्याख्या छ । उनले जुनसुकै पेशा, व्यवसाय र भूमिकामा भएपनि देशलाई सेवा गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकिने बताए।

उनले भारतलाई हरेक उत्पादनमा आत्मनिर्भर स्वाबलम्वी बनाउने उद्देश्य सरकारले लिएको जानकारी पनि दिए।

उनले त्यसका लागि आत्मनिर्भर भारत अभियान चलाइएको जानकारी दिँदै त्यसका लागि सवै जनताले साथ दिनुपर्ने बताए।

प्रधानमन्त्री मोदीले रक्षा र प्रविधिको क्षेत्रमा भारतले चाँडै नै ठूलो फड्को मार्ने विश्वास पनि व्यक्त गरे।
रासस

प्रकाशित: Jun 28, 2020| 15:21 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।