मंगलबार, भदौ ९, २०८३

सोमबारदेखि सेयर बजार खुल्ने

भोलि, सोमबारदेखि सेयर बजार खुल्ने भएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं– भोलि, सोमबारदेखि सेयर बजार खुल्ने भएको छ।

नेपाल धितोपत्र बोर्डको आज बसेको बैठकले सोमबारदेखि बजार खुल्ने निर्णय गरेको हो।

गत चैत १० गतेदेखि बन्द रहेको बजार वैशाख ३० र ३१ मा दुई दिन खुलेको थियो। तर लकडाउनको कारण देखाउँदै पुनः धितोपत्र बोर्डको दबाबमा बजार बन्द भएको थियो।

पूर्ण रुपमा अनलाइन प्रणालीमा गएको दाबी गरिए पनि लकडाउनमा बजार नखुलेपछि लगानीकर्ताहरु आक्रोशित भएका थिए ।

अर्थमन्त्रालयमा बारम्बार लगानीकर्ताको गुनासो लिंदै बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पुगेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले गत शुक्रबार यसरी सानातिन गुनासा लिएर नआउन जवाफ दिएका थिए।

बजार बन्द गरेर लगानीकर्तालाई बन्धक बनाएको भन्दै अर्थमन्त्रीले झपारेपछि बोर्डको आज बसेको बैठकले सोमबारदेखि बजार खुल्नका लागि नेप्सेलाई पत्र लेख्ने निर्णय गरेको छ।

आजै नेप्सेमा बजार खोल्नका लागि पत्र पठाएपछि कसरी र कुन मोडलमा खोल्ने भन्ने बारेमा भने नेप्सेले नै निर्णय गर्नेछ।

प्रकाशित: Jun 28, 2020| 13:47 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्