मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् विभिन्न कम्पनीका अफर

गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् विभिन्न कम्पनीका अफर

कम्पनीहरूले आकर्षक नगद छुटदेखि न्यूनतम मासिक किस्तामा गाडी किन्न सकिने योजना अघि सारेका छन्।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं– लकडाउनपछि अटोमोबाइल्स् व्यवसाय पनि सञ्चालनमा आएको छ। सामान्य अवस्थामा नयाँ वर्ष, दशैं र तिहार अटोमोबाइल्स व्यवसायको लागि व्यापारिक हिसाबले उर्वर समय हो। तर, यो वर्ष कोरोना भाइरस र लकडाउनले गर्दा नयाँ वर्षमा व्यवसाय ठप्प रह्यो।

अटोमोबाइल्स व्यवसायको मुख्य ‘सिजन’ मानिने दशैं, तिहारसम्म पनि अवस्था सामान्य हुने अवस्था छैन। लकडाउनले आम मानिसको क्रय शक्तिमा ह्रास आएको छ। जसले गर्दा गाडी कम्पनीहरूले विभिन्न खाले अफर ल्याएका छन्। कम्पनीहरूले आकर्षक नगद छुटदेखि न्यूनतम मासिक किस्तामा गाडी किन्न सकिने योजना अघि सारेका छन्।

हुण्डाई

हुण्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. हो। लक्ष्मीले ‘ग्राहकका लागि विशेष प्याकेज’ अफर ल्याएको छ। उक्त अफर अन्तर्गत गाडी किन्दा कर्जामा गाडी किन्दा पहिलो वर्ष हुण्डाईले साथ दिनेछ। हुण्डाईको ह्याचब्याक स्यान्ट्रो किन्दा मासिक आठ हजार ४२७ मात्र किस्ता तिनुपर्नेछ।

त्यस्तै, चार वर्षसम्म निःशुल्क सर्भिसिङ, तीन वर्ष वारेन्टी, एक वर्षको निःशुल्क बिमा र सडक कर, स्वास्थ्यकर्मीलाई विशेष प्याकेजलगायतका अफर छन्।

सुजुकी

नेपालमा सुजुकीका गाडी चौधरी ग्रुपअन्तर्गतको ‘सीजी मोटोकर्प’ले बिक्री गर्दै आएको छ। सुजुकीका ह्याचब्याक कार तीन लाख ७९ हजार ८०० न्यूनतम डाउनपेमेन्टमा किन्न सकिन्छ। त्यस्तै १३ हजार ९१३ देखि मासिक किस्ता सुरु हुने कम्पनीले जनाएको छ।

सुजुकीले दुई लाख २५ हजारसम्म छुट, दुई लाखसम्म ‘एक्सचेन्ज बोनस’, एक वर्षको निःशुल्क बिमा र ‘बाई ब्याक ग्यारेन्टी’ को सुविधा दिएको छ।

फोर्ड

फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्सले २०२० मा बनेका बिएस ६ मोडलको गाडीमा १० वर्षसम्मको फाइनान्स सुविधासहितको अफर ल्याएको छ ।

त्यस्तै, कम्पनीले ३० प्रतिशत डाउन पेमेन्ट, नगद छुन, एक वर्ष बिमाको साथै ग्राहकलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले पूरै परिवारको कोरोना बिमा गर्ने जनाएको छ।

फोर्डले एक्सचेन्जको सुविधा, तीन वर्षको वारेन्टी र तीन वर्ष निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध गराएको छ।

टाटा

टाटा मोटर्सको आधिकारिक बिक्रेता ‘सिप्रदी ट्रेडिङ’ले दुई लाखसम्म नगद छुटको अफर ल्याएको छ। टाटाको गाडी किन्दा स्वास्थ्यकर्मी अतिरिक्त ५० हजार छुट प्राप्त गर्नेछन्। त्यस्तै एक वर्षसम्म फ्रि सिर्भिसिङको व्यवस्था गरेको छ।

निशान र डाट्सन

निशान गाडी खरिदकर्ताले ६ महिनासम्म किस्ता तिनु नपर्ने अफर ल्याएको छ। ‘बाई नाउ पे लेटर’ अफर अन्तर्गत गाडी किन्दा ६ महिनासम्म ब्याज पनि तिनुपर्ने छैन। सजिलै फाइनान्सको सुविधा र न्यूनतम डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

निशान र डाट्सन गाडीको नेपालका लागि अधिकृत बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले डाट्सन गाडी किन्दा ‘बाई नाउ पे इन २०२१’ अफर ल्याएको छ। कम्पनीका अनुसार डाट्सन गाडी खरिद गर्दा तीन वर्षको वारेन्टी, तीन वर्ष निःशुल्क सर्भिसिङ, एक वर्ष निःशुल्क बिमा र सडक करलगायतका सुविधाहरु दिएको छ।



प्रकाशित: Jun 28, 2020| 13:02 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्