शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलका राष्ट्रपतिलाई मास्क लगाएर हिँड्न अदालतको आदेश

ब्राजिलका राष्ट्रपतिलाई मास्क लगाएर हिँड्न अदालतको आदेश

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनेरोलाई संघीय न्यायाधीशले सार्वजानिक स्थलमा मास्क लगाएर मात्र हिँड्न आदेश दिएका छन्। यसको पालना नगरेमा उनीमाथि जरिवाना समेत हुन सक्ने चेतावनी अदालतले दिएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनेरोलाई संघीय न्यायाधीशले सार्वजानिक स्थलमा मास्क लगाएर मात्र हिँड्न आदेश दिएका छन्। यसको पालना नगरेमा उनीमाथि जरिवाना समेत हुन सक्ने चेतावनी अदालतले दिएको छ।

National life

नियमको उल्लंघन गरे उनले प्रतिदिन झन्डै ३८६ डलर बराबर जरिवाना तिर्नुपर्ने छ।

यसअघि त्यहाँको सरकारले कोरोना भाइरस नियन्त्रणका निम्ति अप्रिल ३० देखि नै सार्वजनिक स्थलमा सबैका लागि मास्क अनिवार्य गरेको थियो। तर राष्ट्रपति बोल्सोनेरो भने थुप्रैपटक सार्वजनिक स्थलमा मास्क नलगाई उपस्थित भएका थिए। यसअघि कोरोनाको तथ्यांक लुकाएको भनेर बोल्सोनेरो आलोचित भएका थिए।

ब्राजिलमा हालसम्म ११ लाख कोरोना संक्रमित छन् भने ५१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। अमेरिकापछि विश्वमा सबैभन्दा बढी प्रभावित सूचीमा दोस्रोमा पर्छ ब्राजिल।

प्रकाशित: Jun 28, 2020| 06:51 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।