मंगलबार, भदौ ९, २०८३

सलह नियन्त्रणका लागि मुख्यमन्त्री पोखरेलका ६ सुझाव

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सलह किराको नियन्त्रणका लागि विभिन्न उपाय सुझाएका छन्।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

भैरहवा- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सलह किराको नियन्त्रणका लागि विभिन्न उपाय सुझाएका छन्।

सलह नियन्त्रणमा उनले ६ उपाय सुझाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत दिएको सुझाव यस्तो छ ः

१. हुललाई तितरबितर पार्ने – आगो बाल्ने, धुवाँ उडाउने आदि।

२. प्राकृतिक सिकारीको प्रयोग (हाँस, माकुरा, छेपारो आदि) हाँसले प्रतिदिन दुई सय जतिको संख्यामा किरा खान्छ।

३. ध्वनिको प्रयोग गर्ने (थाल ठटाउने, स्पिकर बजाउने आदि)

४. प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने,

५. किटनाशकको प्रयोग, जैविक समेराटाइजियम, रासायनिक मालाथिन, फेनिट्रोथिन, डाइजिनन र फिप्रोनिल, बोरिक एसिड आदि।

६. लसुन र पानीको घोल बनाएर छर्किनाले समेत यसको केही मात्रामा नियन्त्रण गर्न सकिन्छ।

सलह बुटवलबाट उत्तर पश्चिम हुँदै पाल्पातर्फ लागेपछि किसान चिन्तित बनेका छन्। 

 

प्रदेश ५ : एक केजी सलह मारेर वडामा बुझाए २० रुपैयाँ

सलह नियन्त्रणमा जुट्याे सरकार

प्रकाशित: Jun 27, 2020| 21:38 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।