मंगलबार, भदौ ९, २०८३

प्रदेश ५ : एक केजी सलह मारेर वडामा बुझाए २० रुपैयाँ

प्रदेश ५ सरकारले एक किलोग्राम सलह मार्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ। मारिएको सलह सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्नेछ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

भैरहवा- प्रदेश ५ सरकारले एक किलोग्राम सलह मार्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ। मारिएको सलह सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्नेछ।

सलह नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रदेश ५ को कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए। यसका लागि प्रदेशका १०९ वटै तहलाई निर्देशन दिएको उनले बताए। प्रदेशमा सलह देखिएपछि शनिबार साँझ बसेकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसेकाे थियााे। 

देवकोटाका अनुसार बैठकले सलहबारे किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने, सलह जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपैयाँका दरले खरिद गर्ने र बाली नभएका किरा मार्न विषादी प्रयोग गर्ने निर्णय गरेको छ।

बुटवलको आर्मी ब्यारेकमा लाखौं सलह पसेको आशंका

सर्लाहीमा पनि देखियो सलह

प्रकाशित: Jun 27, 2020| 20:25 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।