मंगलबार, भदौ ९, २०८३

सर्लाहीमा पनि देखियो सलह

लालबन्दीमा सलह किरा भित्रिएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

सर्लाही- लालबन्दीमा सलह किरा भित्रिएको छ। लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा करिब एक हजार हाराहारीमा सो किरा भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाका निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिए।

लालबन्दी नगरपालिका–२ स्थित तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएको विभिन्न बालीमा सलह किराको प्रवेश देखिएको हो।

“आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैैंचा धानको बेर्नालगायतमा सलह किराले झ्याप्पै छोपेको देखियो”, तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा. विशेश्वरप्रसाद यादवले भने। 

शुक्रबार राति छिमेकी देश भारतबाट करिब एक हजार सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको उनले बताए। उहाँले भन्नुभयो । जिल्लाका किसान चिन्तित बनेका छन् ।

के हो सलह ?

विश्वकै एक खतरनाक आप्रवासी कीरा हो सलह। यो सामान्य फट्याड़ग्राभन्दा ठूलो हुन्छ र यसको पछाडिको खुट्टा फट्याड़ग्रा भन्दा लामो हुन्छ। जसकारण सलहमा उफ्रिने क्षमता धेरै हुन्छ।

यिनीहरु झुण्डमा आक्रमण गर्छन्। अरु कीराहरु कुनै निश्चित समूहको बालीमात्रै खाने गर्छन् तर सलहले बालीसहित बोटविरुवा पनि खान्छ।

सलहको एक झुण्ड करिब १ वर्गकिलोमिटर बराबरको हुने बताइन्छ। यसमा लाखौको संख्यामा सलह हुन्छन्। यो झुण्डले प्रत्येक दिन १० माइलको यात्रा तय गर्न सक्छ।

२०१९ को सुरुवातताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थालेको थियो भने २०२० जनवरी २९ मा राष्ट्रिय आपतकाल नैघोषणा गरिएको थियो।

सलह अहिले भारतका ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परिसकेको छ।

याे पनि

बुटवलमा देखिएको सलहको झुण्ड उतर-पश्चिमतर्फ लाग्यो

प्रकाशित: Jun 27, 2020| 19:35 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।