मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देहीमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

रुपन्देहीको राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- रुपन्देहीको राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गको रामनगर खण्डमा भएको दुर्घटनामा पिकअप भ्यानमा सवार सियारी गाउँपालिका–६, अमुवाका २२ वर्षीय रोशन गुरुङ र बुटवल–११, कालिकानगरका २१ वर्षीय सुशील कँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

गुरुङको घटनास्थलमै र कँवरको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय, रामनगरका प्रमुख एवं प्रहरी निरीक्षक गोविन्दप्रसाद रेग्मीले जानकारी दिए।

उनका अनुसार शुक्रबार राति ११ः५० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१४च ६८७९ नम्बरको पिकअप भ्यान बिग्रिएर रोकिराखेको ना६ख ६२४ नम्बरको ट्रकमा ठोक्किएको थियो।

दुर्घटनामा पिकअप भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल भने सामान्य उपचारपछि निको भएको प्रहरीले जनाएको छ। सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: Jun 27, 2020| 10:23 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।