मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु, मृतकको संख्या २८ पुग्यो

चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

चितवन- चितवनमा आज (शनिवार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ९ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको अस्तपाल स्रोतले जनाएको छ ।

उनि क्यान्सरका विरामी थिए । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

हिजो दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र उनलाई आइसोलेशन वार्डबाट आइसियूमा सारिएको अस्पतालले बताएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या २८ पुगेको छ भने चितवनमा मात्रै २ पुगेको छ । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित: Jun 27, 2020| 10:21 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।