मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या एक करोड नजिक, कुन देशमा संक्रमित र मृतक कति ?

कोरोना संक्रमितको संख्या एक करोड नजिक, कुन देशमा संक्रमित र मृतक कति ?

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ९४ हजार बढिमा संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- विश्वभर तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ।

जोन्स होप्किन्स विश्वविद्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार ९७ लाख ७८ हजार ६ सयभन्दा बढि कोरोनाबाट संक्रमित भएका छन् ।

वर्डओमिटरले राखेको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या अझै धेरै छ । उसका अनुसार विश्वरभर ९९ लाख ६ हजार ५ सयभन्दा धेरै व्यक्ति संक्रमित भएका छन् ।

पछिल्लो एक महिना यता दिनहुँ एक लाख २० हजारभन्दा बढि संक्रमित थपिने गरेको छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ९४ हजार बढिमा संक्रमण पुष्टि भएको छ । ४ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ।

कोरोनाबाट शनिबार बिहानसम्ममा ४ लाख ९३ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ। ४९ लाख ३२ हजार ३ सय ९२ जना निको भएर घर फर्किएको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा २४ लाख ६७ हजार ४ सय ४ जना संक्रमित भएका छन् भने १ लाख २५ हजार ३९ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा १२ लाख ७४ हजार ९ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने ५५ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।

तेस्रो प्रभावित मुलुक रुसमा ६ लाख १९ हजार ९ सय ३६ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय ७० जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ४ लाख ९० हजार ४ सय १ जनामा संक्रमण पुष्टि हुँदा १५ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।

पाँचौं प्रभावित मुलुक ३ लाख १० हजार ८ सय ३६ जना संक्रमति हुँदा ४३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ।

कोरोनाबाट अत्ति प्रभावित मुलुकको छैटौं सूचीमा रहेको पेरुमा संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ६४ छ भने ८ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ। चिलीमा २ लाख ६३ हजार ३ सय ६० जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ६८ जनाको मृत्यु भएको छ।

नेपालमा भने शनिबार बिहानसम्ममा कोरोनाबाट ११ हजार ७ सय ५५ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Jun 27, 2020| 10:09 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।