पोखरा- गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार बिहान स्याङ्जाका २२, बाग्लुङका ८ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।
स्याङ्जामा थपिएका २२ संक्रमितमध्ये अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र ६ महिलासहित १९ जना, विरुवा गाउँपालिका, पुतलिबजार नगरपालिका र वालिङ नगरपालिकामा १÷१ जना पुरुष रहेका छन् ।
यस्तै बाग्लुङमा थपिएका ८ संक्रमितमध्ये कोटेखोला गाउँपालिकामा ७ र ढोरपाटन नगरपालिकामा १ जना पुरुष रहेका छन् । त्यस्तै नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा २ जना पुरुष संक्रमित भएका छन् ।
थपिएका संक्रमितहरुमध्ये हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आईसोलेसनमा बसिसकेका छन् ।
अन्य पालिकाका सबै संक्रमितलार्ई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।