डोटी- सुदुरपश्चिम प्रदेको डोटी जिल्लामा शनिबार बिहान थप ६६ जनामा कोरोना पुष्टि भएको छ । ६ वटा स्थानीय तहमा संक्रमितहरु भेटिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
थपिएका संक्रमितहरुमध्ये पूर्वीचौकी गाउँपालिकामा १९, शिखर नगरपालिकामा १६, बोगाटान फुङसिल गाउँपलिकामा १२, दिपायल सिलगढी नगरपालिकाका ८, बढिकेदार गाउँपालिकामा ६, सायल गाउँपालिकामा ५ जना रहेको जनस्वास्थ्य अधिकृत रमेश मलाशीले जानकारी दिए ।
संक्रमितहरुमध्ये २७ जना महिला र ३९ जना पुरुष रहेका छन् भने १ देखि ५० वर्ष उमेर समुहको रहेका छन् । संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
एकैपटक ६६ जना संक्रमित थपिएसँगै डोटीमा २ सय ५५ पुगेको छ ।