पोखरा- कास्कीका १ सहित गण्डकीका ४ जिल्लामा थप १४ जना कोरोना संक्रमित थपिएका छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा लमजुङका ६ जना, कास्कीका १ जना, गोरखाका ५ जना र पर्वतका २ जना सहित गण्डकी प्रदेशका ४ जिल्लामा संक्रमित थपिएका हुन।
योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ८०६ पुगेको छ।
यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसोलेसनमा उपचाररत विभिन्न जिल्लाका महिला र पुरुष गरी १७ जना कोरोना संक्रमणमुक्त भएर डिसचार्ज भएको गण्डकी प्रदेश कोरोना रोगथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।
शुक्रबार संक्रमणमुक्त हुनेमा कास्कीका १० जना पुरुष र ४ जना महिला छन्। त्यसैगरी पर्वत र गोरखाका १–१ जना पुरुष छन् भने स्याङजाका १ जना महिला रहेका छन्।
शुक्रबार बेलुकीसम्म प्रदेशभर कोरोना निको भएर ११८ जना घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ।