मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोपाइँमा मास्क र स्यानिटाइजर अनिवार्य, कृषि औजार निसंक्रमण गर्नुपर्ने

रोपाइँमा मास्क र स्यानिटाइजर अनिवार्य, कृषि औजार निसंक्रमण गर्नुपर्ने

कृषि विभागले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि मापदण्ड तयार पारेको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं– कृषि विभागले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि मापदण्ड तयार पारेको छ।

मापदण्डअनुसार १५ असारमा मनाइने रोपाइँ महोत्सवमा हिलो छ्याप्न तथा कुनै पनि प्रकारका मनोरञ्जनात्मक कार्यक्रम गर्न नपाइने भएको हो।

विभागले महोत्सवमा सकभर २५ जनाभन्दा बढी भेला नहुने र हुनुपर्ने अवस्था आए स–साना उपसमूह बनाएर ६ फिटको दूरी कायम गर्दै रोपाइँ गर्न आग्रह गरेको छ।

रोपाइँ महोत्सवमा सम्भव भएसम्म तापक्रम जाँच गर्न आह्वान गरेको छ। मापदण्डअनुसार महोत्सव प्रवेश स्थलमा साबुन पानीले हात धुने व्यवस्था, गुणस्तरीय स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ।

मापदण्डमा भनिएको छ, ‘रोपाइँ महोत्सवमा सम्भव भएसम्म कम श्रम लाग्ने प्रविधि तथा मेशिनहरूको प्रयोग गर्ने, कृषि मेसिनरीहरुको प्रयोग अगाडि र पछि साबुन पानीले हात धुने तथा निसंक्रमणमा पर्याप्त ध्यान दिने’

रोपाइँपछि पनि साबुन पानीले हात धुने व्यवस्था गर्न एवं स्यानिटाइजरको व्यवस्था मिलाउन विभागले आग्रह गरेको छ।

 

प्रकाशित: Jun 26, 2020| 18:10 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।