विराटनगर– प्रदेश–१ का एक सांसदले एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न माग गरेका छन्।
आजको बैठकको शून्य समयमा सांसद प्रतापप्रकाश हाङमाङले एकल महिलालाई जस्तै एकल पुरूषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न माग गरेका हुन् ।
उनले भने, ‘समानताको कुरा गर्ने तर व्यवहारमा महिला र पुरुषलाई विभेद गर्ने काम भइरहेको छ ।’ श्रीमतीको मृत्यु भएपछि गाउँघरमा श्रीमानले काम पनि नपाउने, ऋण पनि नपाउने अवस्था हुँदा धेरै एकल पुरुषको बिजोग भइरहेको सांसद हाङमाङले बताए ।