मंगलबार, भदौ ९, २०८३

कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

दाङमा अचेत अवस्थामा फेला परेकी अन्दाजी २५-३० वर्षकी युवतीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार असार ११ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै अचेत अवस्थामा फेला परेकी युवतीलाई उपचारको लागि प्रतिष्ठानमा लैजाँदै गर्दा मृत्यु भइसकेको थियो।

उनको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। मृतक युवतीको नाम ठेगाना नखुलेको र उनको आफन्तको खोजी भइरहेको मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ।

प्रकाशित: Jun 26, 2020| 17:14 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।