मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा शुक्रबार १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा ६ महिला र १० पु्रुष छन् ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

विराटनगर– प्रदेश १ मा शुक्रबार १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा ६ महिला र १० पु्रुष छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १०, झापामा ४ र मोरङमा २ जना छन् । सुनसरीको कोशी गाउँपालिकामा ८ र देवानगञ्जमा २ जना, झापाको दमकमा ३ र मेचीनगरमा १, मोरङको विराटनगरमा २ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १६ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ५१९ पुगेको छ ।

प्रदेश १ मा विहीबार साँझ २१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३७७ पुगेको छ ।

प्रदेश १ का झापामा २१५, मोरङमा १३३, सुनसरीमा ८५, उदयपुरमा ५२, धनकुटामा ८, भोजपुरमा ६, खोटाङ र ताप्लेजुङमा ४–४, तेह्रथुम र पाँचथरमा ३–३, संखुवासभा र इलाममा २–२, सोलुखुम्वु र ओखलढुङ्गामा १–१ जना संक्रमित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।


हिमाली र पहाडी ८ जिल्लाका संक्रमित निको भए

प्रदेश १ मा १४ मध्ये हिमाली र पहाडी क्षेत्रका ८ जिल्लाका संक्रमित उपचार पछि निको भएका छन् ।

संक्रमण देखिएका धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, इलाम र ताप्लेजुङ जिल्लाका संक्रमित निको भएर घर फर्किएका छन् । ८ जिल्लामा ३० जना संक्रमित भएका थिए ।

३ हजार ८ सयको रिपोर्ट आउन बाँकी

प्रदेश १ मा शुक्रबार सम्म २१ हजार ६ सय १४ शंकास्पद व्यक्तिको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएका १७ हजार २ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वाव संकलन गरिएका मध्ये ३ हजार ८ सय ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश १ मा शुक्रबार मात्र ५ सय ९६ जनाको स्वाव संकलन गरिएको छ ।

 

प्रकाशित: Jun 26, 2020| 17:11 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।