काठमाडौं- काठमाडौंका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा गरिएको परीक्षणमा काठमाडौंका ३ पुरुषसहित अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
काठमाडौंमा देखिएका संक्रमितहरुको ठेगाना खुलाइएको छैन।