सुर्खेत- आगामी असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ। धान दिवसका अवसरमा असार १५ गते प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिइने जनाएको हो। जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ। जसका कारण मन्त्रालयले हरेक वर्ष जुम्लामा चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
