मंगलबार, भदौ ९, २०८३

थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,७५५

पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १०७ महिला र ४८६ जना पुरुष छन्।

योसहित देशभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ६९८ पुगेको छ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ भने अहिलेसम्म २ लाख ६ हजार २७१ जनाको कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार हाल देशभरका विभिन्न क्वारेन्टिनमा ७१ हजार १२ जना बसिरहेका छन्।

त्यस्तै कोरोना पुष्टि भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ९ हजार ३० रहेको छ।

प्रकाशित: Jun 26, 2020| 16:24 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।