सुर्खेत- सल्यानमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–६, सिरेनीका डिल्लीबहादुर आलेको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।
डीएसपी ढकेन्द्र खतिवडाका अनुसार मंगलबारदेखि सम्पर्कविहीन बनेका आले आज पहिरोले पुरिएको अवस्थामा फेला परेका हुन्।
“असार ९ गते जंगलमा घाँस काठ्न गएका रहेछन्,” डीएसपी खतिवडाले भने, “लामो समय घर नआएपछि खोजतलास गर्दा आज मृत अवस्थामा भेटिए।”