मंगलबार, भदौ ९, २०८३

दैलेखमा २४ जना कोरोना संक्रमित आइसोलेसनबाटै भागे

दैलेखमा २४ जना कोरोना संक्रमित आइसोलेसनबाट भागेका छन्।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

सुर्खेत- दैलेखमा २४ जना कोरोना संक्रमित आइसोलेसनबाट भागेका छन्।

नौमुले गाउँपालिका १ स्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनको आइसोलेसनबाट कोरोना संक्रमित भागेको गाउँपालिका अध्यक्ष भदे बुढाले जानकारी दिए।

“आइसोलेसनमा धेरै समय बसालेको भनेर भागेका रहेछन्,” उनले भने, “अहिले भागेका सबैलाई पुनः आइसोलेसनमा फर्काउन लागेका छौं।”

घर परिवार, राजनीतिक दल र सुरक्षाकर्मीको सहयोगमा भागेकाहरु सम्पर्कमा आएको र पुनः आइसोलेसनमै फर्काउने तयारी गरेको उनको भनाइ छ।

विद्यालयको आइसोलेसनमा १११ जना रहेको उनले बताए। “भारतबाट गाउँ फर्किएको दुई महिना भएको र खेतिपातीको समय आएकाले संक्रमितहरु घर जान माग गरिरहेका छन्,” उनले भने, “संक्रमितलाइ पुनः परीक्षण नगर्दा समस्या भएको हो।”

भागेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको १९ दिन पुगिसकेको छ।

प्रकाशित: Jun 26, 2020| 15:07 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।