मंगलबार, भदौ ९, २०८३

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा शुक्रबार थप २६ जनामा संक्रमण पुष्टि गरेको हो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये सुर्खेतका १३ जना, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई, मुगु, काठमाण्डौँका र जुम्लाका एक–एक जना छन्।

मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेशमा कुल संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ।

यस्तै आज प्रदेशका विभिन्न जिल्लाबाट २८ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म प्रदेशबाट कोरोना संक्रमण मुक्त हुनेको संख्या सात सय २० जना पुगेको छ।

प्रकाशित: Jun 26, 2020| 15:05 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।