मंगलबार, भदौ ९, २०८३

नेकपा स्थायी कमिटी बैठक सुरु

सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं- सत्तारूढ नेकपाको स्थायी कमिटीको बैठक सुरु भएको छ।

बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र विविध कार्यसूचीमा छलफल हुनेछ।

कार्यसूचीका विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको घटना, नागरिकतासम्बन्धी विधेयक, संघीय सांसदको भत्ताका विषय राखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्तव्य व्यक्त गरेपछि आज बस्ने गरी सकिएको थियो।

प्रकाशित: Jun 26, 2020| 12:25 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।