साथीको अत्या गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–१५ बाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–८ घर भई डल्लु बस्ने ३६ वर्षीय शम्भु बिक, पक्नाजोल बस्ने ५३ वर्षीय कृष्णमान शाक्य र काभ्रेपलानचोक दोलालघाट–९ घर भएका ५६ वर्षीय रामलामा तामाङ छन्।
महानगरीय प्रहरी बृत स्वयम्भुका प्रमुख डिएसपी निरञ्जनदत्त भट्टका अनुसार बिहीबार राति ओखलढुंगा घर भएका ४० वर्षीय श्याम परियार शोभाभगवतीमा मृत भेटिएका थिए।
भट्टका अनुसार चारै जना सँगै मागेर खाने गर्दथ्ये। बिहीबार बेलुकी सँगै मादक पदार्थ सेवन गरेका उनीहरु बीच बिबाद भएपछि तीनै जना मिलेर श्यामको टाउकोमा ईट्टा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भट्टले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।