सुनको मूल्य आज शुक्रबार प्रतितोला ५०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ तोकिएको छ। यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ निर्धारण गरिएको छ।
चाँदीको मूल्य भने तोलाको ९४० रुपैयाँ छ।
हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ थियो भने तेजाबी सुन प्रतितोला ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।