मंगलबार, भदौ ९, २०८३

जिपको ठक्करबाट तीन जनाको ज्यान गयो

मोरङमा जिपको ठक्करबाट तीन जनाको ज्यान गएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

काठमाडौं- मोरङमा जिपको ठक्करबाट तीन जनाको ज्यान गएको छ।

पूर्व–पश्चिम राजमार्ग कानेपोखरी गाउँपालिका–७ मा बिहीबार राति बा १४ च ९६४३ नम्बरको जिपकाे ठक्करबाट तीन जनाको ज्यान गएको हो।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको उक्त जिपले पैदल यात्री महिलालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीले जानकारी दिए।

गिरीका अनुसार महिलाको घटनास्थलमै मृत्यु भएको थियो। त्यस्तै जिपले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

ठक्करबाट मोटरसाइकल चालक पाँचथर फिदिम नगरपालिका–२ का अन्दाजी ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका अर्का पुरुषको मृत्यु भएको छ।

पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको गिरीले जानकारी दिए।

स्कारपिओका मालिकसमेत रहेका चालक सुनसरी इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: Jun 26, 2020| 10:27 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।