काठमाडौँं- प्रहरी आउनसक्ने बाटोमा बम राखेर लुटेरा समुहले काभ्रेमा बोधिचित्त लुटपाट गर्ने प्रयास गरेका छन् ।
लुटपाट गर्न आएका उनीहरुले गोली चलाउनुका साथै कुटपिटबाट पाँच जना स्थानीयलाई घाइते बनाएका छन् ।
रोशी गाउँपालिका–५, सिपालीमा बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरी र हतियारधारी समूहबीच जम्काभेट भएको थियो ।
बिहीबार राति करिव १२ बजेको समयमा गाउँमा लुटेरा समूह आएको खबर पाएपछि त्यसतर्फ गएको प्रहरीलाई बाटोमा बम तथा ढुडा तेस्र्याएर अवरोध गरेको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए।
लुटेरा समुहको कुटपिटबाट बोधिचित्तको रुख कुरेर बसेका पाँच जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको पौडेलले बताए।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले घट्नास्थलमा पेस्तोलको गोलीको एक खोका भेटिएको बताए।
एसपी पौडेलले रोशीकै स्थानीय तथा प्रतिवन्धित नेत्रविक्रम चन्द समूहको सिन्धुली इन्चार्जको नेतृत्वमा उक्त समूह लुटपाट गर्न आएको खुलेको बताए।
‘घट्नामा संलग्न केहीको पहिचान भैसकेको छ’ तर पक्राउ गर्न सकिएन’ पौडेलले भेन,‘लुटेरा समूहको खोजीका लागि प्रहरी टोली परिचालन भैसकेको छ।’
लुटेरा समूहले राखेको बम नेपाली सेनाले निष्कृय पारेको छ।