काठमाडौं- मनसुन सक्रिय भएसँगै केहि दिनयता लगातार पर्दै आएको वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ ।
देशका अधिकांश भूमागमा आइतबारसम्म झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका विभिन्न स्थानमा वर्षा भइराखेको छ । काठमाडौं उपत्याकामा पनि आइतबारसम्मै वर्षा हुने मौसमविद्हरुले बताएका छन् ।
आज (शुक्रबार) देशभर धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षा हुने क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, डुवान हुने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्क रहन महशाखाले अपिल गरेको छ । बाढी, पहिरो र डुवानको जोखिम उच्च भएका कारण यातायात सञ्चालनमा कठिनाइ हुनसक्ने महाशाखाले जनाएको छ ।
यस्तो हुनेछ आगामी तीनसम्म सातै प्रदेशको मौसम
असार १२ गते (शुक्रबार)
दिउँसोः देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाकाे संभावना रहेको छ।
राति: देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, प्रदेश नं ५ तथा गण्डकी प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
असार १३ गते (शनिबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
राति: देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
असार १४ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २ तथा बाग्मती प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।
राति: देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश ५का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।