मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनमा सुत्केरी- 'तीनै जनाको पीसीआर परीक्षण गरिपाऊँ'

क्वारेन्टिनमा सुत्केरी- 'तीनै जनाको पीसीआर परीक्षण गरिपाऊँ'

क्वारेन्टिनमा सन्तान जन्माएका गौरीगंगा नगरपालिका–६ का एक दम्पतीले तत्काल आफू र नवजात शिशुको पीसीआर परीक्षण गरिदिन माग गरेका छन्।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

धनगढी– क्वारेन्टिनमा सन्तान जन्माएका गौरीगंगा नगरपालिका–६ का एक दम्पतीले तत्काल आफू र नवजात शिशुको पीसीआर परीक्षण गरिदिन माग गरेका छन्।

दुई सातादेखि क्वारेन्टिनमा रहेका ती दम्पतीको बिहीबार बच्चा जन्मिएको छ।

शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीलाई उधृत गर्दै सुत्केरीका पतिले बताए।

सकुशल बच्चा जन्मिएपछि खुसी देखिएका उनी नवजात शिशुको स्वास्थ्य अवस्थाबारे चिन्तित छन्।

आफू र पत्नीको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि बच्चाको स्वास्थ्य अवस्थाबारे चिन्तित रहेको उनले बताए। “अहिले आफ्नोभन्दा बढी बच्चालाई केही हुन्छ कि भन्ने डर छ,” उनी भन्छन्।

गर्भवती हुँदा पत्नीले पोषिलो खानेकुरा नपाएकाले पत्नी कमजोर भएको उनले बताए।

उनले तीनै जनाको पीसीआर परीक्षण गरिदिन सरकारसँग आग्रह गरेका छन्। “हामी सबैको पीसीआर परीक्षण भए ढुक्क हुने थियौं,” उनले भने।

भारतको मुम्बईबाट १३ दिनअघि बहिनी, बुबा र पत्नीसहित फर्किएका उनीहरु गौरीगंगा नगरपालिका–६ कठौतीस्थित कैलाली भिजन बोर्डिङ स्कुलमा बनाइएको क्वारेन्टिनमा छन्।

उनले पत्नीलाई स्वास्थ्य चौकी पुर्याउन पनि समस्या भोग्नुपरेको बताए। 

“राति १ बजेदेखि व्यथा लागे पनि बिहान ७ बजे मात्रै गाडी पाइयो,” उनले भने, “गाडीका लागि स्थानीय निकायका जनप्रतिनिधिलगायत सबैले पहल गरे। तर, पाइएन। त्यसपछि सशस्त्र प्रहरीको एम्बुलेन्समा राखेर मसुरियास्थित स्वास्थ्य चौकी पुर्याएँ”, उनले भने।

प्रकाशित: Jun 26, 2020| 09:01 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।