मंगलबार, भदौ ९, २०८३

५० हजार घुससहित इन्स्पेक्टर र वकिल पक्राउ

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा एक प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी पक्राउ परेका छन् ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

कैलाली- सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिदैं गरेको अवस्थामा एक प्रहरी इन्स्पेक्टर र कानुन व्यवसायी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत इस्पेक्टर प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई रंगे हात पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हान्ने क्रममा उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाईदिन्छु भन्दै उनीहरुले सेवाग्राहीसँग ५० हजार घुस लिएको अख्तियारले जनाएको छ।

उनीहरुलाई अख्तियारको हिरासतमा राखेर अनसुन्धान गरिराखिएको सुचना अधिकारी विष्टले जानकारी दिए ।

प्रकाशित: Jun 26, 2020| 08:12 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।